| बुधबार, कार्तिक २५, २०८३

बारपाक सुलिकोट १ मा कांग्रेसको प्यानल नै बिजयी

बारपाक सुलिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस बिजयी भएको छ ।

कांग्रेसबाट उम्मेदवार बनेका धनबहादुर घलेले ३६४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २४७ मत ल्याए । अन्य चार जना वडा सदस्य पनि नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।


उक्त वडा यस अघि माओवादी केन्द्रले जितेको थियो ।
यस्तै बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका जितबहादुर घलेले ४९६ मत ल्याएका छन् भने माओवादी केन्द्रका बिष्णु भट्टले १६७ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसका दिलमाया गुरुङ रानाले ४११ र माओवादी केन्द्रका सनमाया गुरुङले २०३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्