
सिरानचोक र भिमसेन थापामा मतगणना सुरु
गोरखाको सिरानचोक गाउँपालिका र भिमसेन थापा गाउँपालिकामा भर्खरै मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतहरुले बताएका छन् ।
चुमनुब्री बाहेकका अन्य पालिकामा पनि मत गणनाको तयारी भईरहेको छ । निर्वाचन गराउन गएका कर्मचारी फर्कन ढिला भएकाले मतगणना ढिला भएका केही पालिकाले बताएका छन् ।
गोरखा र पालुङटार नगरपालिकामा हिजो रातीदेखि मत गणना सुरु भएको हो ।




