
गोनपा १ मा नेपाली कांग्रेस बिजयी, मेयरमा पनि कांग्रेसको अग्रता
गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको छ ।
वडा अध्यक्ष हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवारले ३७१ मत ल्याएका छन् ।
यस्तै मेयर उप मेयरमा नेपाली कांग्रेसको अग्रता छ । मेयरमा कांग्रेसको ४८३, उप मेयरमा ४९५ मत रहेको छ ।
मेयरमा माओवादी केन्द्रको ३८६, उप मेयरमा जसपाको २७३, एमालेको मेयरमा २५४ र उप मेयरमा २२७ मत रहेको छ । उम्मेदवारी फिर्ता लिएको भनिएको माओवादी केन्द्रको उप मेयरलाई ११३ मत आएको छ ।
वडा नम्बर १ मा एक हजार दुई सय १२ मत खसेको थियो ।




