
बारपाक सुलिकोट ६ माईकोट केन्द्रमा मतदान स्थगित
गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान गर्न गएको विषयमा बिवाद हुँदा मतदान प्रक्रिया रोकिएको छ ।
उनी आफ्नो केन्द्र छाडेर आज बिहान वडा नम्बर ५ को चन्द्रकला मावि आरुखर्क पुगेर मतदानमा सहभागी भएका थिए ।
केन्द्र छाडेर कर्मचारी आफ्नो जिम्मेवारी पुरा नगरी हिँडेको भन्दै राजनीतिक दलका नेता,कार्यकर्ताले बिरोध जनाएपछि मतदान प्रक्रिया करिब २ बजेदेखि रोकिएको हो । मतदान सुचारु गर्न सर्वदलिय बैठक बसेको छ ।




