
गण्डकी गाउँपालिकाको मतदान केन्द्रबाट खुकुरी सहित एक जना पक्राउ
गण्डकी गाउँपालिका वडा नम्बर ६ को तोमनडाँडा आधारभुत विद्यालय मतदान केन्द्रबाट हतियार सहित एक जना पक्राउ परेका छन् ।
मतदान अधिकृतले केन्द्रमा सर्वदलीय बैठक राखेका बेला त्यहाँ पुगेका स्थानीय मनोज गुरुङ पक्राउ परेका हुन् । उनले बोकेको झोलाबाट प्रहरीले खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए ।
उनी नेपाली कांग्रेसको भातृसंस्था तरुण दलमा आवद्ध रहेको खुलेको छ । मतदान केन्द्रमा खटिएको सुरक्षाकर्मी नियन्त्रणमा लिएर गुरुङलाई जिल्ला प्रहरी कार्यालय पठाएको र घटनाको अनुसन्धान भईरहेको एसपी खनालले बताए ।




