| बुधबार, कार्तिक २५, २०८३

चुमनुब्रीमा माओवादी र जसपा बीच चुनावी तालमेल


गोरखाको चुमनुब्री गाउँपालिकामा माओवादी र जनता समाजवादी पार्टी बीच चुनावी गठबन्धन गर्ने समझदारी भएको छ ।

गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार निमा लामा र उपाध्यक्षकी उम्मेद्वार लक्ष्मी गुरुङलाई जसपाले समर्थन गर्ने र वडामा माओवादीले जसपालाई समर्थन गर्ने समझदारी भएको जसपाका पालिका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।


अनौपचारिक रुपमा यसअघिदेखि नै छलफल भइरहे पनि औपचारिक रुपमा मंगलबार यस बिषयमा टुंगो लागेको उनले बताए ।

‘वडा नं. ३ मा दुई सदस्यमा उहाँहरुले हामीलाई सहयोग गर्ने र वडा नं. ५ मा अध्यक्षसहित चार जना सदस्यमा हामीलाई उहाँहरुले समर्थन गर्ने गरी हामीले पालिकाको अध्यक्ष र उपाध्यक्षमा सहयोग गर्नेगरी समझदारी भएको हो’, कार्कीले भने ।


यसअघि जसपाबाट सो पालिकामा गणेश कार्कीले अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्