| बुधबार, कार्तिक २५, २०८३

पालुङटारमा मेयर उम्मेदवारी फिर्ता लिन बालुवाटारमा कंडेललाई दबाव, कार्यकर्ता आन्दोलित

पालुङटार नगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छन् ।

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कांग्रेसले मेयरको उम्मेदवारी फिर्ता लिएको पत्र आईतवार दिउँसो पोष्ट गरेपछि कार्यकर्ता आन्दोलित भएका हुन् ।


गृहनगर पालुङटारमा जसरी पनि मेयर लिने योजनामा रहेका भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई तालमेलका लागि दबाव दिएका थिए । दबाव पछि बैशाख १६ गते नै पालुङटारमा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार दिपकबाबु कंडेलको उम्मेदवारी फिर्ता गर्ने पत्र देउवाले जिल्ला पठाए । निर्वाचन अधिकृतको कार्यालय पालुङटारले अन्तिम नामावली प्रकाशन गरेपछि पत्र आएको भन्दै मेयरका उम्मेदवारको सुचीबाट कंडेलको नाम हटाएन । अन्ततः कांग्रेसको तर्फबाट मेयर पदमा दिपकबाबु कंडेलको उम्मेदवारी कायम रह्यो । केन्द्रबाटै उम्मेदवारी फिर्ता लिने देउवाको योजना सफल हुन सकेन ।


उम्मेदवारी फिर्ता नभएपछि फेरी जसपा अध्यक्ष भट्टराईले कांग्रेस सभापति देउवालाई सहमती कार्यन्वयन गर्न भन्दै दवाव दिए । देउवाले आईतवार मेयर पदका उम्मेदवार कंडेललाई काठमाण्डौँ बोलाए । उम्मेदवारी फिर्ता लिन दवाव दिने उद्देश्यले काठमाण्डौँ बोलाइएको बारे जानकार उम्मेदवार कंडेल सहजै जान तयार भएनन् । उनलाई काण्ठमाण्डौँ झिकाउन जिल्ला पार्टी र केन्द्रिय सदस्यहरु मार्फत पनि दवाब आएको उनी निकट एक नेताले बताए ।


कुनैपनि हालतमा कांग्रेसले मेयर फिर्ता लिन नहुने भन्दै अन्य उम्मेदवारले कांग्रेस पालुङटार नगर समितिको कार्यालय घेराउ गरेका छन् ।


यसबारे मेयर पदका उम्मेदवार कंडेललाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेको छैन ।


‘नेपाली कांग्रेस पार्टीले पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्विकार गरी पार्टीको निर्णय कार्यन्वयन गर्न अनुरोध गर्दछु’ कंडेलद्वारा हस्ताक्षरीत डाक्टर भट्टराइद्धारा सार्वजनीक भएको विज्ञप्तीमा भनिएको छ ।


सरकारमा सहभागी पाँच दलका बिचमा भएको सहमती र निर्णय अनुसार स्थानीय चुनावमा तालमेल र सिटको बाँडफाँड गर्ने निर्णय भए अनुसार चुनावी तालमेल गर्न केन्द्रिय समितिको निर्णय प्रति इमान्दार रहेको उल्लेख गरेका छन् ।


कांग्रेसबाट उम्मेदवार बनेका इन्जिनिरय कंडेल यस अघि पनि मेयर हुन् । उनले २०७४ को निर्वाचनमा माओवादीलाई पराजित गरेका थिए । अहिले उनी सहित १० जना मेयरको प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्