| बुधबार, कार्तिक २५, २०८३

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयरमा पन्त, उप मेयरमा पुन

गोरखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले राजनराज पन्तलाई उम्मेदवार बनाएको छ । मेयर पन्त दोस्रो कार्यकालकालागि उम्मेदवार बनेका हुन् । उनले गोरखा नगरपालिकाको मेयर पदबाट आजै राजिनामा दिएका छन् ।


यस अघि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीले सक्षम उम्मेदवार चयन नगरेको भन्दै युवाहरुले गण्डकी प्रदेश समितिको निर्णयको बिरोध गरेका थिए । आक्रोशित युवाहरुले मेयरको टिकट पाएका भनिएका विश्वदेव श्रेष्ठलाई हतापात पनि गरेका थिए ।


मेयर टिकटको बिवादले कांग्रेसका कार्यकर्ता दिनभर आन्दोलित बने । प्रहरीले गोरखा बजार क्षेत्रको सुरक्षा कडा बनाएको छ । १४ वटा वडा रहेको गोरखामाकुनैपनि वडाअध्यक्ष र सदस्यहरुले दिउँसो ४ बजे सम्म उम्मेदवारी दर्ता गराएनन् । अन्ततः जिल्ला समितिको अनुरोधमा केन्द्रिय समितिले मेयरमा राजनराज पन्तलाई मेयरको टिकट पठाएपछि उनले उम्मेदवारी दिने तयारी गरेका छन् ।


उप मेयरमा भने मसलीमाया थोकर (सपना पुन) ले उम्मेदवारी दिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्