
राप्रापाबाट गोरखा नगरपालिकाको मेयरमा पाण्डे, उपमेयरमा लामिछाने
राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखा नगरपालिकाको मेयर र उपमेयर उम्मेद्वारको नाम टुंगो लगाएको छ । मेयरमा रुद्रराज पाण्डे र उपमेयरमा सम्झना लामिछानेको नाम टुंगो लगाएको पार्टीका जिल्ला उपाध्यक्ष तथा सचिवालय प्रमुख भीषण अर्यालले जानकारी दिए ।
मेयर र उपमेयरका उम्मेद्वारलाई सोमबार गोरखनाथको मन्दिरमा उभ्याएर भ्रष्टाचार नगर्ने कसम खुवाई मनोनयन गर्न लगिने कार्यक्रम रहेको उनले बताए ।
चुनावी तालमेलका बिषयमा अझै विभिन्न पार्टीहरुसित छलफल भइरहेको तर निश्कर्षमा नपुगिएको उनले बताए । अन्य पालिकामा तालमेल भए पनि गोरखा नगरपालिकामा भने अलगअलग चुनाव लड्ने निर्णय भइसकेको राप्रपा गोरखाले जनाएको छ ।




