
गोरखामा तरुण दलको प्रशिक्षण
नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखा नगर समितिले तरुण भेला एवं प्रशिक्षण कार्यक्रम गरेको छ । तरुण दलका नगर सभापति दिपकबाबु थापाको अध्यक्षतामा एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आथित्यतामा आईतवार कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य पाण्डेले आसन्न स्थानीय निर्वाचनमा पार्टीलाई बिजयी गराउन बिगतमा जस्तै तरुण युवाहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । ‘तरुणहरुकै कारण कांग्रेसले हरेक मुद्धामा सफलता हासिँल गरेको छ’ उनले भने ‘तरुण युवाहरु पार्टीको हरेक अभियानमा अग्रपंक्तिमा रहेर भुमिका निर्वाह गर्दै आएका छन् ।’ तरुण दल अरु भातृ संस्था भन्दा कठोर र अनुशासित पनि हुनुपर्ने बताउँदै उनले भने ‘पार्टीलाई रुपान्तर गर्न सहयोगी संगठनको रुपमा बफादार सिपाही भएर तरुणदलले काम गर्नुपर्छ ।’
कांग्रेस नेतृ कमला पन्तले तरुणको साथ सहयोग बिना पार्टी अपुरो हुने बताईन । चुनावी अभियानमा सफलताका लागि तरुण युवाको साथ सहयोग अपरिहार्य रहेको उनले बताईन ।
तीन सय भन्दाबढि सहभागीलाई नेविसंघ पूर्व उपसभापति प्रमोदहरी गुरागाँईले प्रशिक्षण दिएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, जिल्ला समिति सचिव किशोरजंग थापा, महासमिति सदस्य राजनराज पन्त, नेपाली कांग्रेस प्रदेश सदस्य बिनाकुमारी श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष आनन्द गुरुङ, तरुण दल गोरखाका संस्थापक अध्यक्ष विश्वदेव श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
तरुणदलमा क्रियाशिल रहेका ब्यक्तिले आहिले पार्टीको नेतृत्व गरिरहेको बताउँदै नेताहरुले तरुण युवालाई शक्रिय भएर राजनीतिमा लाग्न अनुरोध गरे । प्रशिक्षक गुरागाँईले तरुण संगठन, गर्नुपर्ने काम, पार्टीमा तरुण युवाहरुको भुमिका लगायतको बारेमा जानकारी गराएका तरुण दलका नगर सचिव सुदीप थापाले बताए ।




