
नेपाल रेडक्रस सोसाइटी घ्याम्पेसालको सभापतिमा राजन ढुंगाना
नेपाल रेडक्रस सोसाइटी घ्याम्पेसाल उपशाखाको सभापतिमा राजन ढुंगाना चयन भएका छन् । शुत्रबार सम्पन्न भएको संस्थाको तेस्रो अधिवेशनबाट ढुंगाना सभापतिमा चयन भएका हुन् ।
अधिवेशनबाट उपसभापतिमा कोपिला भट्टराई, सचिवमा ढकनाथ बस्ताकोटी, कोषाध्यक्षमा शिव कुमार श्रेष्ठ, उपसचिवमा सिताराम भट्ट, उप कोषाध्यक्षमा नारायण पाण्डे, महिला सदस्यमा कोपिला धिताल चयन भएका छन । सदस्यहरुमा वासुदेव भट्ट, विनु वाग्ले, बन्दना लामिछाने, कृष्ण बहादुर गुरुङ चयन भएका छन् । सोहि कार्यक्रममा नवनिर्वाचति अध्यक्ष ढुंगानाले घ्याम्पेसल उपशाखालाई जग्गा तथा भवन बनाउन पहिलो प्राथमिकताका साथ लागिपर्ने बताए ।
गाउँपालिका उपप्रमुख विनु वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाका मन्त्री मिमसेन काजी वानियाँ, सिताराम भट्ट, निर्वाचन अधिकृत इश्वर अधिकारी, सुवास घिमिरे लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।




