| बुधबार, कार्तिक २५, २०८३

चट्याङ लागेर हर्मीमा एक युवक बेहोस

चट्याङ लागेर गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा एक युवक बेहोस भएका छन् । बुधवार साँझको हावाहुरी र वर्षात सँग चट्याङ पर्दा १६ वर्षका कैलाश भण्डारी घाईते भएका हुन् ।


महेन्द्र लिला मावि हर्मीमा कक्षा ११ मा पढ्ने भण्डारी चट्याङ लागेर बेहोस भएका थिए । उनलाई उपचारका लागि आँपपिपल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

उनी बोल्न सकेका छैनन् । आफ्नै घरको पिँडीमा बसिरहेका बेला उनलाई चट्याङ लागेको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्