| आइतवार, कार्तिक २९, २०८३

यदु अधिकारी÷ गिरिराज पाठक

पन्द्रअसारको परिचय र महत्व !

यदु अधिकारी\गिरिराज पाठक

सृष्टिको शुभारम्भदेखि नै मानव जातिले आफ्नो जिविकाको लागि नयाँ(नयाँ गर्दै जीवनलाई सरल र सहज बनाउने काम ग¥यौ । ओडारमा बस्ने मानव जातिले प्रकृतिसँग सीप सिक्दै पशुपालन र कृषि व्यवसाय शुरू ग¥यो । पशुलाई पनि गर्मी मौसम र जाडो मौसममा पालन पोषणको व्यवस्था मिलायो । कृषि क्षेत्रको लागि पनि उसले हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्रमा नयाँ(नयाँ अनुभव र प्रयोग गर्दै खेती प्रणालीलाई मूर्त रूप दियो ।
हावापानी अनुकूल खेतीपाती ग¥यो । प्राकृतिक ज्ञानबाट जोत्नको लागि गोरू, याक आदिको प्रयोग ग¥यो । संसारको धेरै मूलुकहरू मध्ये नेपाल कृषिप्रधान मूलुक हो । कृषि र पशुपालनमा पुर्खाहरूले हस्तान्तरण गरेको ज्ञान सीपका साथ(साथै विश्वका वैज्ञानिकहरूले अनुसन्धान गरेका नयाँ(नयाँ प्रविधि र सीपलाई प्रयोग गर्दै समयको गतिसँगै नेपालले कृषि र पशुपालनमा परिवर्तन गरेको छ । संसारका १५ करोड ८० लाख हेक्टरमा खेती गर्दछन् । त्यो मध्ये ४७ करोड हेक्टर जमीनमा धान खेती हुन्छ ।
चीन र भारत धान उत्पादनका पहिलो र दोस्रो मूलुक हुन् भने नेपालमा १४ लाख हेक्टर क्षेत्रमा धान खेती गरिन्छ । क्षेत्रफलको हिसाब ५० प्रतिशतमा धान खेती गर्दछन् । बार्षिक १.६२ प्रतिशत बढेको देखिन्छ । तर १ लाख २९ हेक्टर क्षेत्रमा धान खेती घटेको देखिन्छ । ७ लाख टन आयात देखिन्छ भने रू.२५ अर्ब विदेशिएको देखिन्छ । तैपनि अर्थ उत्पादनमा ६.७ प्रतिशत योगदान पु¥याएको देखिन्छ (कान्तिपुर ः ६, ०७५÷०३÷०९) ।
नेपालका हिमालपारिका जिल्ला बाहेक अधिकांश जिल्लामा धान खेती गरेको देखिन्छ । चैते धान भने ३०÷४० वर्ष अगाडिदेखि खेती गरेको देखिन्छ । खेती गर्दा मौसम र हावापानीलाई ध्यान दिनुपर्छ । श्रीपञ्चमीको दिनमा विद्यार्थीहरूले सरस्वतीको पूजा गरे जस्तै विभिन्न पेशा र व्यवसायहरू ले पनि सरस्वतीको पूजा गर्दछन् । कतै बसन्त पञ्चमी पनि भनिन्छ । त्यसदिनमा किसानहरूले गोरू नारी जोती हलोको सियोमा गाईको दूध चढाएर खेतीपातीको शुभारम्भ गर्दछन् ।
गोरखा जिल्लाको उत्तरी क्षेत्रमा मकै रोप्ने बेलामा मकैको विवाह गर्ने प्रचलन पनि छ । नेपालको तराई क्षेत्रमा मिसिन, गोरू र राँगाले जोत्ने चलन छ । पहाडी क्षेत्रमा भने गोरूले नै जोत्ने चलन छ । कुनै(कुनै ठाउँमा एकै दिनमा धेरै हल गोरू बनाई रोपाई गरी रोपाईँ जात्रा मनाउने चलन छ । त्यस समयमा बाजा बजाई असारेगीत गाउने चलन पनि छ ।
असारे गीत
एकै र मुठी खरूको घाँस भेडीको थुमेलाई, पहिलो चरण कसैलाई होइन सिमेर भूमेलाई ।
रोपाहार ः बाबा र ज्यूको झाँरीको बारी ढुकुर लुक्ने बीऊ, दरौंदी खोला कस्ले पो तार्देला मुरली जस्तो जीऊ ।
हली कोदाले ः असारे मासको दबदबे हिले छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया दिंदा छ बीस ऋण लाग्यो ।
केटी ः असार खाने दुधिलो मकै साउनमा खाने खीर, घरमा छैन सितलु बचन यो मन छैन थिर ।
केटा ः आलीमा बस्दा रमाइलो हुन्छ घरमा भने पीर, किन हो किन आजकल मेरो मनमा छैन थिर ।
केटी ः बाबा र ज्यूको गैरी खेत मार्सी धान रोप्ने, आफ्नो घरमा आकाशको भरमा रोपाईँ छोप्ने ।
केटा ः रोपाहार नानी लिएर जानी भरै त घरमा, कतिजेल बस्छौं जोवन धानी माइतीको भरमा ।
केटी ः खनी र खोर्सी उकेरा दिउँला मदिसे सिमीलाई, बस्नु र जानु आफ्नै खुशी के भो तिमीलाई ।
केटा ः बिहानदेखि आएका हामी देवीलाई भाकेर, रोपाहार नानी तिमीलाई लान्छौ डोलीमा राखेर ।
केटी ः एउटा घर हर्मी प¥यो अर्को त ताकु र सिम्लेमा, रोपाहार हामी डोलीमा जानी बाउसे चाहि थुम्सेमा । (स्रोत ः चुन बहादुर बस्नेत, बाबुराम खोप्लाङ्गी, लीलावत्ती अधिकारी लगायत अर्याल महिला समूह, शिवटोल, गोरखा)
गोरखा जिल्लाको उत्तरी क्षेत्रमा विशेषतः भच्चेक, मान्वु, सौरपानी वरपर जेष्ठको अन्तिमतिर खेत रोपाईँ शुरू हुन्छ । ती ठाउँमा हिमालको चिसो हावा बहने हुनाले ढिलो रोपाईँ गर्दा असोजमा धानको बाला लाग्दैन । प्रायशः उत्तरी पहाडी क्षेत्रका घरपरिवार आपैmको हल गोरू, कोदाले, हली, रोपाहार हुन्छन् । कसैकसैले पाटे लगाएर खेती पनि गर्दछन् । लामो समयसम्म धान खेती गर्दा अत्यास लाग्नु स्वाभाविकै हो । पन्ध्र असार बीच पर्छ र दिन पनि लामो हुन्छ भनी जनधारणा छ । खेती गरेको आधी भएको उपलक्ष्यमा खुशियाली मनाउदै, मीठा(मीठा खानेकुरा खाने प्रचलन पनि नेपाली समाजमा छ । गर्मी ठाउँमा दही चिउरा खाने प्रचलन छ भने जाडो हुने ठाउँमा (खरीबोट, हसंपुर, मुच्चोक, सौरपानी) ता(तातो सेलरोटी खाने चलन छ । लामो दिन भएको हुनाले कतै(कतै दुई पटक खाजा खाने गर्दछन् । विहान मिरमिरे उज्यालो भएपछि बेलुका झिम(झिम साँझ नपरून्जेलसम्म काम गर्दछन् । खेतीपाती गर्ने कसलाई फुर्सद हुदैन । पन्ध्र असारको चटारो तेरो बाउ मरेपनि यही बाटो ल्याउँछन्, असारको फारू जहान मारू, असारको कमाई मंसीरमा खान्छन् रमाई(रमाई, तँलाई हेर, मलाई हेर बेला हेर भन्ने जस्ता उखानहरू नेपाली जनमानसमा प्रचलित छन् । ऐतिहासिक रूपमा खोत्लदै जाँदा कास्कीका राजा कूलमण्डन शाहका कान्छा छोरा यशोबम्ह शाहलाई लम्जुङ्गीहरूले पन्ध्र असारमा राजा बनाउन खजेदुरा, कुश्माकर घिमिरे आदिले ल्याई राजा बनाएछन् । उनको विवाह भएको थिएन रे । तार्कुघाटको ठूलो ढुङगामा राजा बनाए पछि अवीर जात्रा गरेछन् । अवीर र सिंदुर जात्रा गरेको हुनाले त्यो ढुङगाको नाम सिंदुरे ढुङ्गा भनी अद्यावधि प्रचलित छ । पन्ध्र असारमा राजा बनाएको खुशियालीमा किसानहरूले हिलो पनि खेलेछन् र राजारानीले पनि त्यसदिनमा हिलो खेल्छन् भनी उखान भन्दै खेतका फाँटमा हली, रोपाहार र कोदालेहरूले हिलो खेली रमाइलो गर्छन् । कटुवालहरू (दर्जी) बाजा बजाएर उत्साह बढाउँछन् ।
कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागि सरकार र विभिन्न संघ संस्थाले नयाँ(नयाँ कार्यक्रम ल्याई प्रविधिको समेत विकास गरेका छन् । गोरखा जिल्लाका कृषि विकास कार्यालय र गैह्र सहकारी संस्थाहरूले धान खेतीको प्रोत्साहन गर्नको लागि गो.न.पा.को नजिकै लुदीफाँटमा रोपाईँ जात्रा गर्न लागेको छ । यो जात्रा रमाइलो लागि मात्र नभई विदेशिएका युवाहरूलाई आधुनिक तरिकाले खेती गरी आफूलाई स्वनिर्भर बनाउन सुशन्देश दिने कार्यक्रम पनि हो ।

प्रतिक्रिया दिनुहोस्