
लियो क्लव अफ गोरखाको अध्यक्षमा बालकृष्ण
लियो क्लव अफ गोरखाको अध्यक्षमा बालकृष्ण परियार सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न लियोहरुको भेलाले अध्यक्षमा परियारलाई निर्विरोध चयन गरेको हो ।
साथै भेलाले प्रथम उपाध्यक्षमा अनुका आलेमगर, द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ र सचिवमा मिलन उपरकोटीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, सहसचिवमा अस्मिता उपरकोटी, कोषाध्यक्ष राज गुरुङलाई निर्विरोध चयन गरेको छ ।
भेलाले जनसंपर्क अधिकारीमा सुनिला थापा मगर, सचेतकमा प्रवीण उपरकोटी, व्यवस्थापकमा समीर तामाङ र प्रमुख कार्यक्रम संयोजकमा ब्लेसन बयलकोटीलाई चयन गरेको नवनिर्वाचित अध्यक्ष परियारले जानकारी दिए ।
अध्यक्ष लगायत नवनिर्वाचित समितिको पदस्थापन कार्यक्रम लायन्सको नियम अनुसार हुने उनले बताए ।




