
भिमसेन थापा ५ मा कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन
गोरखाको भिमसेनथापा गाउँपालिका वडा न ५ खाञ्चोकमा कांग्रेस पार्टी कार्यालय स्थापना गरिएको छ ।
७२ औँ प्रजातन्त्र दिवसको अवसर परेर फागुन ७ गते शनिवार वडा पार्टी समितिले कार्यालय स्थापना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य एवं भिमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले रिवन काटेर उक्त कांग्रेस पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
वडा पार्टी सभापति कुबिर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य केशर गुरुङ, क्षेत्र १ प्रदेश ‘ख’ का सभापति ठाकुर भट्ट, क्षेत्रिय सचिव रोशन गुरुङ, भिमसेनथापा गाउँपालिका सभापति नारायण भट्टराई लगायतले वडा कार्यालय उद्घाटन गरेको बधाई सँगै सुभकामना मन्तब्य राखेका थिए ।




