
सिरानचोकमा जसपाको १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
जनता समाजवादी पार्टी(जसपा) गोरखाले ११ वटै गाउँ तथा नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन गर्ने क्रममा शनिबार सिरानचोक गाउँपालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
शनिबार सम्पन्न प्रशिक्षण तथा भेलामा सो गाउँपालिका पार्टी कमिटीका अध्यक्ष दीपक भट्टको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको जिल्ला पार्टी सचिव विपिनचन्द्र ढकालले जानकारी दिए । साथै महेश गुरुङको संयोजकत्वमा ५१ सदस्यीय प्रचार र कार्यालय व्यवस्थापन समिति गठन गरेको छ ।
भट्टकै अध्यक्षतामा सम्पन्न प्रशिक्षण भेलामा केन्द्रीय सदस्य रमेश पोखरेल, प्रदेश सभा सदस्य धनमाया लामा पोखरेल, परशुराम पोखरेल, महेश गुरुङ, दीपक भट्ट, ज्ञानप्रसाद ढकाल, धनबहादुर गुरुङ, चित्रबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै विनय पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक परिचालन कमिटी गठन गरिएको छ ।
सो भेलाले सिरानचोक गाउँपालिकाको आठवटै वडामा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।




