| बुधबार, कार्तिक २५, २०८३

बालमन्दिरका अनाथ बालबालिकालाई सहयोग


गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाले बालमन्दिर माविका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । संस्थाको २२ औँ स्थापना दिवसको अवसरमा बालमन्दिर माबिको अनाथालयमा रहेका २४ जना बालबालिकाका लागि खाद्यान्न प्रदान गरिएको अध्यक्ष रामबाबु जोशीले जानकारी दिए ।


संस्थाका अध्यक्ष जोशीले विद्यालयका सहायक प्रधानाध्यापक योगेन्द्र प्रधानलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्