
एकिकरणले गर्यो फलफुलको विरुवा वितरण
दरौँदी ः एकिकरण नेपालले जिल्लाको गण्डकी गाउँपालिकाको ताङ्लीचोक र भूम्लिचोकमा फलफुलको विरुवा वितरण गरेको छ । एकिकरण नेपाल गोरखा र डीसिएको साझेदारीमा सन्चालित साहस परियोजना अन्तरगत फलफुलका विरुवा वितरण गरिएको एकिकरण नेपालका कार्यक्रम संयोजक चन्द्रबहादुर देवकोटाले जानकारी दिए ।
ताङ्लीचोक र भूम्लीचोकका २७० घर धुरीलाई विभिन्न फलफूलका विरुवा वितरण गरिएको हो । विभिन्न प्रकारका फलफुलका विरुवा मिलाएर प्रतिघर ४ ओटा बिरुवाको दरले वितरण गरेको उनले जानकारी दिए । नास्पती, कागती, आँप, सुन्तला, लिँचीका विरुवा वितरण गरिएको हो । बिरुवा वितरण संस्थाको भुम्लिचोकका अधक्ष कृष्ण बहादुर कोइराला र ताङ्लीचोकमा एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले वितरण गरेको जेटिए अनिल बस्नेतले जानकारी दिए ।




