| आइतवार, कार्तिक २९, २०८३

गोरखामा पहिलो पटक योग दिवश मनाइयो

गोरखामा पहिलो पटक योग दिवश मनाइयो

गोरखामा पहिलोपटक योगा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पतञ्जली योग समिति, प्रदेश नं. ४ गोरखाले पाटेचौरस्थित योगाभ्यास हलमा बिभिन्न कार्यक्रम गरी योग दिवस मनाएको समितिका भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।
बिहान नियमित भेला हुने समयमा औपचारिक कार्यक्रम गरेर तथा अमृत भोजन गरी योग दिवस मनाइएको उनले बताए त्यसैगरी चौथो विश्व योग दिवसका अवसरमा देशैभर स्वास्थ्य मन्त्रालय, मातहतका निकाय, पतञ्जली योगपीठ तथा विभिन्न संघसंस्था बिद्यालयहरुले विभिन्न कार्यक्रमका साथ मनाएका छन ।
योग अभ्यासलाई सही रुपमा प्रयोग गर्न सके रोग लाग्नबाट बच्न सकिने योग गुरुहरुले जानकारी गराएका थिए । साथै बिरामीले पनि सामान्य तरिकाले योग गर्न सकिने कुरा जानकारी गराईयो । योग अभ्यासकै कारण आत्म सुद्ध हुने, मनोबल उच्च हुने, स्मरण शक्तिको बिकास हुने, थकान कम हुने, कामगर्ने तवर तरिकामा परिवर्तन आउनुका साथै रोगसँग लड्ने क्षमताको समेत विकास हुने र सकारात्मक सोचको भावनामा बृद्धि हुने जस्ता जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस्