| बुधबार, कार्तिक २५, २०८३

गोरखामा आइतबार एक सय ९९ जना डिस्चार्ज, २५ जना संक्रमित थपिए

आइतबार गोरखाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ जना महिला र १६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

एन्टिजेन परिक्षणको क्रममा गोरखा अस्पतालमा सात जना, पालुङटारमा पाँच जना, आरुघाटमा आठ जना, भिमसेन थापामा एक जना र अजिरकोटमा तीनमा कोरोना पोजेटिभ देखिएको कार्यालय फोकल पर्सन नारायण बाबु अर्यालले बताए । ४९ जनाको रिपोर्ट प्राप्त भएमध्ये २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँग गोरखामा हाल कोरोनाको संक्रिय संक्रमित दर दुई सय १० पुगेको छ । अर्यालका अनुसार आइतबार एकै दिन एक सय ९९ जना संक्रमित निको भएको बताए ।

त्यस्तै गोरखामा हाल सबै भन्दा धेरै सक्रिय संक्रमित गोरखामा नगरपालिकामा रहेका छन् । नगरपालिकामा ५७ जना रहेको अर्यालले जानकारी दिए । पालुटारमा २४ जना, भिमसेनथापामा २८ जना, शहिदलखनमा ५ जना, अजिरकोटमा ३३ जना, गण्डकीमा सात जना, बारपाकसुलिकोटमा तीन जना, सिरानचोकमा १७ जना, धार्चेमा ५ जना र चुमनुब्रीमा चार जना संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्