
धार्चे गाउँपालिका केन्द्र माछाखोलामा चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
धार्चे गाउँपालिकामा केन्द्र माछाखोलामा विगत चार दिन देखि इन्टरनेट अवरुद्ध बनेको छ । गाउँपालिका वडा नं. ३ उहियामा रहेको नेपाल टेलिकम टावरमा आएको समस्याका कारण इन्टरनेट सेवा अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
इन्टरनेट अवरुद्ध भएपछि गाउँपालिकाको सबै काम रोकिएको उनले जानकारी दिए । ‘चारदिन भयो, माछाखोलामा इन्टरनेट चलेको छैन । नेट नचल्दा डाटा इन्ट्रीको कामहरु केही गर्न पाएको छैन’, उनले भने । इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिकाका धेरै काम रोकिएको उनको गुनासो छ ।
त्यस्तै, इन्टनेट अवरुद्ध भएकै कारण माछाखोलामा रहेको सिभिल बैङको पनि काम रोकिएको बताइएको छ । नेपाल टेलिकम वितरण केन्द्र गोरखाका अनुसार उहियामा रहेको नेपाल टेलिकमको टावरमा आएको खराबीका आएका कारण इन्टरनेट अवरुद्ध बनेको हो । ‘गाउँपालिकाको केन्द्रमा माछाखोलामा उहियामा रहेको टेलिकमको टावरबाट इन्टरनेट सेवा प्रवाह हुदै आएको थियो । अहिले टावरमा केही समस्या आएको छ । हिजो पालिका अध्यक्षले पनि गुनासो गर्नुभएको थियो । हाम्रो प्राविधिकहरु टे«निङमा गएकाले केही ढिलाई भएको हो ।
आइतबारसम्म टावरको अवस्था बुझन प्राविधिक पठाउँछौँ,’ नेपाल टेलिकमका गोरखा वितरण केन्द्रका पमुख राजेन्द्रले श्रेष्ठले भने । टेलिकममा टावरमा रहेको एन्टिना हावालेघुमाइदिएकाले इन्टरनेटमा समस्या आएको हुन सक्ने उनले बताए ।
इन्टरनेट सेवा सुचारुका लागि कार्यालयबाट छिट्टै प्राविधिक पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । उत्तरी गोरखाको धार्चे गाउँपालिका भौगोलिक विकटताका कारण पटक पटक इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ । यसअघि पनि गाउँपालिकाको केन्द माछाखोलामा इन्टरनेट र विद्युत सेवा अवरुद्ध हँुदा केही दिन धादिङ जिल्लालको त्रिपुरासुन्दरी गाउँपालिकामा अस्थायी कार्यालय स्थापना गरी कार्यालय संचालन गर्नुपरेको थियो । धार्चे गोरखामा पहिलो शुत्र सफ्टवेयर संचालन गर्ने गाउँपालिका हो । तर इन्टरनेटले साथ नदिँदा सोचे अनुरुप काम गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।




