| मङ्लबार, कार्तिक २४, २०८३

अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा हरमटारीमा दिप प्रज्वलन

आप्रवासी कामदार हकहित संरक्षण संजाल गोर्खाको आयोजनामा शनिबार साँझ गोरखाको सदरमुकाम हरमटारी मा २२ औ अन्तष्ट्रिय आप्रवासी दिवस मनाइएको छ । ‘सीपमूलक र सुरक्षित रोजगार,मर्यादित श्रम आप्रवासनको मूल आधार’ भन्ने नाराका साथ गोर्खाको हरमटारीमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।


सो अवसरमा बोल्दै गुरुङले बैदेशिक रोजगारीको सिलसिलामा दिवंगत भएका प्रति श्रद्दा सुमन व्यक्त गर्दै बिदेशमा जाने आउने युवायुवतीहरुले तालिम सिकेर मात्रै बैदेशिक रोजगारीमा जानको लागि सुझाव दिए । सामी परियोजनाले बैदेशिक रोजगारीको अवससरमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग र उद्दार गरेर उदाहरणीय कार्य गरेको उनले बताए । सामी परियोजनाका फोकल पर्सन सुनिल पाण्डेले बैदेशिक रोजगारले देशको ठुलो हिस्सा ओगाटेको बताए । ग्रामीण क्षेत्रको तल्लोस्तरसम्मका नागरिकहरुको गुजारा ,निर्भरता आप्रवसनले गरेको बताए । बैदेशिक रोजगार जाँदा सीपमूलक र सुरक्षित रोजगारको सिर्जना गर्न सचेत बन्नुपर्ने उनले जोड दिए ।


जिल्ला प्रशासन कार्यालय गोरखाबाट अहिले पनि दैनिक सरदर ४० जना राहदानी बितरण भैरहेको छ । बैदेशिक रोजगारको क्रममा ठगिने, मृत्युवरण र अलपत्र परेका परिवारलाई राहत तथा उद्धारको कार्य वितरण सामी परियोजना मार्फत सेवा प्रदायक संस्था एकीकरण नेपाल ले गर्दै आएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, वारपाक सुलिकोट गाउँपालिका र शाहिद लखन गाउँपालिकामा सामी परियोजना अन्र्तगत कार्यक्रम संञ्चालन भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखा मा रहेको आप्रवासी स्रोत केन्द्रबाट जिल्लाभरीकै व्यक्तिहरुलाई परामर्श र सुचना पाउने काम भैरहेको सामी परियोजनाका जिल्ला संयोजक चन्द्र देबकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्