| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस महाधिवेशन अपडेट : देउवाले बढाए शेखरसँग मतान्तर

काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन् । 

नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २ हजार ६ सय मतगणना सकिएकाे छ । अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ९ सय ५८ र डा. शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै, प्रकाशमान सिंहले १५३ मत प्राप्त गर्नुभएकाे छ भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ६ मत प्राप्त गर्नुभएकाे छ। 

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २ हजार ३४० मत चाहिन्छ ।

नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्