
पानपा १ बाट २८ थान सालको गोलिया सहित ३ जना पक्राउ
पालुङटार नगरपालिका वडा नम्बर १ बाट प्रहरीले गएराती अबैध रुपमा ओसार पोसार गरिएको २८ थान सालको गोलिया काठ सहित तीन जनालाई पक्राउ गरेको छ ।
शेरेखोला सामुदायिक बन चोरकाटे चापा भञ्ज्याङ्ग सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लु ३ त ९९५६ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको काठ नियन्त्रणमा लिएको हो । ट्याक्टरको ट्रलिमा भने ग १ त ४०२६ नम्बर उल्लेख गरिएको छ ।
काठ सँगै ट्याक्टर चालक पालुङटार नगरपालिका १ का सुन्दर नेपाली, सोही ठाउँमा मुरारी लामा, कुमार नेपाली पक्राउ परेका छन् । नियन्त्रणमा लिइएको काठ र ट्याक्टर प्रहरीले डिभिजन बन कार्यालयमा बुझाएको डिएसपी प्रकाश दाहालले बताए । बन कार्यालय घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।




