
अबको नारा जनता आउ, राजा ल्याउ : अध्यक्ष थापा
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको नारा जनता आउ राजा ल्याउ रहेको बताएका छन्। बुधबारदेखि सुरु भएको पार्टी महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले ’राजा आउ देश चलाउ‘ नभएर, जनता आउ राजालाई ल्याउ‘ भन्ने नारा रहेको बताए।
उनले यो महाधिवेशन अन्तिम एकता महाधिवेशन भएको समेत बताए। ‘यो अन्तिम एकता महाधिवेशन हो। अब भविष्यमा राप्रपालाई फुट्न नदिने संकल्प गरिसकेका छौं,’ उनले भने।
यो महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशाको निर्धारण गर्ने बताए। ‘कथमकदाचित सहमतिबाट नेतृत्व चयन गर्न सकेना भने पनि लोकतान्त्रिक विधिबाट नेतृत्व छानेर भए पनि पार्टीलाई एकताबद्ध ढंगबाट अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।




