
नेकपा माओवादी केन्द्र धार्चे एक हुल्चुकको अध्यक्षमा घले
धार्चे गाउँपालिका वडा नं. एकमा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न वडा अधिवेसनले विमान घलेको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा बहादुर घले, सचिवमा धनश्री गुरुङ, कोषाध्यक्षमा देम घले र सहसचिवमा विशाल घले चयन भएका छन् ।
त्यस्तै, धार्चे गाउँपालिकाको अधिवेसनका लागि वडा नं एक हुल्चुकबाट ११ जना प्रतिनिधि चयन गरिएको नेकपा माओवादी धार्चे गाउँपालिका वडा कमिटीले जनाएको छ ।
वडा अधिवेशनमा एक सय भन्दा बढी कार्यकर्ताहरुको सहभागि रहेको थियो । दिलिप गुरुङको अध्यक्षता तथा मिन बहादुर गुरुङको प्रमुख आतिथ्यतामा वडा अधिवेशसन भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।




