| मङ्लबार, कार्तिक २४, २०८३

‘सुज’ अभियान लिएर भिमसेन थापा पुगे बाबुराम

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई संगठन सुदृढिकरण एवं जनभेटघाट अभियानका क्रममा गोरखामा छन् ।

‘सुज’ अभियान अन्र्तगत मंगलवार फुजेल, याङ्दी, घैरुङ, नाम्जुङ, क्यामुन्टार, पिपलटारमा कार्यक्रम भएको जनता समावजादीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले बताए । ‘गण्डकी गाउँपालिका सकेर, शहीदलखन हुँदै मंगलवार बेलुकीदेखि भिमसेन थापामा सुरु गरेका छौँ’ उनले भने ।


भेटघाटका क्रममा उनले देशको बर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी गराउनुका साथै सुज अभियानको बारेमा पनि बताउने गरेका छन् । साथै स्थानीय स्तरमा जनताले भोग्नुपरेको समस्याका बारेमा पनि उनले सोधखोज गरेका छन् ।


जनता समावजादी पार्टीले ‘सुज’ नाम दिएको उक्त अभियान अन्र्तगत बिभिन्न पालिकामा आयोजित कार्यक्रममा सहभागी हुन दुई साताका लागि भट्टराई गोरखा आएको जनता समावजादी पार्टी गोरखाले जनाएको छ ।

सोमवार सुरु भएको उक्त अभियानमा जसपाका केन्द्रिय सदस्य हिसिला यमी सहित जिल्ला अध्यक्ष यानप्रदान भट्ट लगायतका नेता कार्यकर्ता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्