
तिहार मनाएर फर्कनेहरुको भिडले गोरखाका गाडीहरु खचाखच
तिहार मनाएर फर्कनेहरुको भिडले गोरखाको सार्वजनीक यातायात खचाखच छ ।
ग्रामिण भेगबाट आउने र सदरमुकाम भएर शहर फर्कर्नेहरुको संख्या धेरै हुँदा यात्रुले कष्टकरण यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन् ।
शनिवार भाईटिका सकिएपछि तिहार मनाएर घर फर्कने चेलिबेटी र सोमवारदेखि तिहार बिदा सकिने भएकाले जागिरेहरु पनि काममा फर्किएकाले गाडीमा भिड बढेको हो ।
नारायणगढ, पोखरा, काठमाण्डौँ लगायत ठाउँमा जाने गाडी खचाखच छ । यातायात ब्यवशायीहरुले क्यू फ्रि भन्दै टिकट काटेका छैनन् । सोमबारबाट मात्रै टिकट काट्ने ब्यवशायीले बताएका छन् । यात्रुको चाप भन्दा सवारी साधन कम हुँदा गोरखामा चाडबाडका बेला सँधै सर्वसाधारण कष्टकरण यात्रा गर्न बाध्य छन् ।




