
प्रेस सेन्टर गोरखाको अध्यक्षमा गुरुङ चयन
प्रेस सेन्टर नेपाल गोरखाको अध्यक्षमा दान बहादुर गुरुङ निर्वाचित भएका छन् । चितवनको कुरिनटार स्थित इच्छाकामना एमफएका स्टेशन म्यानेजर गुरुङ अध्यक्षमा चयन भएका हुन् ।
प्रेस सेन्टर गोरखाको चौथो अधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
सेन्टरको उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धन बहादुर तामाङ, सह–सचिवमा इच्छाकामना एफएमकै संगिता चेपाङ, दलित तर्फ सह–सचिवमा सन्दिप सुनार र कोषाध्यक्षमा विमल श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा रमेश विष्ट ,जानुका धिताल, अनिश अर्याल मिलन ढकाल र नविन घिमिरे चयन भएका छन् ।




