| मङ्लबार, कार्तिक २४, २०८३

घ्याल्चोकमा कार्यरत प्रहरी नरसिंह मल्ल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

घ्याल्चोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरसिंह मल्ल ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

उच्च अनुशासनमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेको, आफ्नो क्षेत्रमा घटेका घटनाको फरार अभियुक्त पक्राउ गरेको, बिपद्का घटनामा तत्काल उद्वार राहतमा खटिएका कारण उनलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।


उनलाई सोमवार गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले पुरस्कार सँगै आसोज महिनाको उत्कृष्ठ प्रहरी घोषित गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले हरेक महिना उत्कृट काम गर्ने माध्येबाट एक जनालाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्