
यातायात व्यवसायीको लापर्वाही र ट्राफिक प्रहरीको बेवास्थाका कारण सर्वसाधारणलाई सास्ती
जब चाडबाड आउँछ अनि यात्रुहरु सकसपूर्ण यात्रा गर्न बाध्य हुन्छन् । यात्रुहरु गन्तव्य पुग्न यो दशैंमा पनि दशकौं अघिको दशैंमा झैँ ठगिन बाध्य छन् । कोरोना महामारीको जोखिममा पनि ठेलमठेल गरी यात्रा गर्न यात्रा गर्न बाध्य छन् ।
मौकामा कमाउने लालसाले यातायात ब्यबसायीले पर्याप्त सवारी साधन सडकमा निकालेका छैनन् । समस्याको समाधान बुझेर पनि प्रहरी तथा ट्राफिक प्रहरीले पनि आँखा चिम्लने गरेको छ ।
यातायात व्यवसायी र ट्राफिक प्रहरीले सवारी व्यवस्थापन नगरेका कारण बर्षौदेखि खेप्दै आएको सकसपूर्ण यात्राले यसपटक पनि निरन्तरता पाएको हो ।

दशैँ टिकाको भोलिपल्टदेखि पूिर्णमाको दिनसम्मै यात्रुले निकै सास्ती खेप्नु प¥यो । गोरखाबाट काठमाण्डौँ, चितवन हिडेका यात्रुले चारदिन यता सहज रुपमा गाडी पाएका छैनन् । हरेक दिन गोरखाको हरमटारी चोक आसपास सयौँ यात्रुले सवारी साधनको पर्खाइमा दिन बिताए तर पनि सिट पाएनन् ।
सडकमा निकालिएका सवारी साधनले यात्रुको चाप थेग्न नसक्दा सर्वसाधारणले कष्टकर यात्रा गर्न बाध्य भए भने कतिपय यात्रु ट्याक्सी तथा निजी सवारी साधन रिर्जभ गर्न बाध्य भए ।
कतिपय सवारी साधन चर्को भाडामा रिर्जभ गरे मात्र जाने नभए एक क्यू भन्दा नजाने भनेर यात्रुसँग भाडा मोलमोलाइ गर्ने गरेका छन् । सवारी सहज नहुँदा सर्वसाधारण यात्रु व्यवसायीको मोलमोलाइ ब्यहोर्न बाध्य भए । मौकामा चौका हान्दै बिचौलियाले पनि यात्रु र व्यवसायीसित बार्गेनिङ गरेको पाइयो ।

यात्रुले भोगेको बास्तविक समस्याको स्थानीय प्रशासनले समाधान गर्ने प्रयास नगरेको यात्रुको गुनासो छ । यात्रुको समस्या र यातायात ब्यवसायीको मनोपोली सडकमा रहेका प्रहरीले मुकदर्शक बनेर हेरेको उनीहरुको दुखेसो छ । ‘हेल्पडेस्क भनेर राखेको छ, तर यात्रु मर्कामा परेको र सडक अस्तब्यस्त भएको प्रहरी तमासे भएर हेरेको छ । ’




