
चेम्बर गोरखाद्वारा कांग्रेसका नव निर्वाचित समितिलाई बधाई ज्ञापन
चेम्बर अफ कमर्स गोरखाले नेपाली कांग्रेस गोरखाको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सुझकामना ज्ञापन गरेको छ । चेम्बरको कार्यालय शक्तिचोकमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिइएको महासचिव रामस्वरुप श्रेष्ठले बताए ।
चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले सफल कार्यकालको शुभकामनाका साथै बिजयादशमीको पनि शुभकामना ब्यक्त गरेका थिए । साथै उनले ब्यापारी ब्यवशायीको हक हितमा राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण रहेकाले सहयोगको अपेक्षा गरे ।
कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले उद्योग, ब्यापारी ब्यवशायीको मुद्धामा कांग्रेसले सघाउने बताउँदै चेम्बर अफ कमर्शसँग सहकार्य हुने बताए । कार्यक्रममा कांग्रेसका नव निर्वाचित पदाधिकारी, चेम्बर अफ कमर्शका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।




