| मङ्लबार, कार्तिक २४, २०८३

सिम्जुङमा फुटबल प्रतियोगिता सुरु, बिजेतालाई ५० हजार

सूर्योदय तमू सांस्कृतिक युथ क्लब अजिरकोट–४, सिम्जुङको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ । विजयादशमीको अवसरमा यस अघि जस्तै यस वर्ष पनि सूर्योदय तमू साँस्कृतिक युथ क्लबले खुला नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।


प्रतियोगिताको शुक्रवार नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ को खुल्ला महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष सुवास अधिकारीले उद्घाटन गरेका हुन् ।
सिम्जुङ साँस्कृतिक आमा समूहको विशेष प्रस्तुती सहित खेल आरम्भ गरिएको थियो । उक्त खेलमा आयोजक सहित २७ टिमले सहभागिता जनाएका छन् ।


खेलमा प्रथम हुनेले नगद ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले नगद रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । सान्त्वना स्थान हासिल गर्न सफल हुने दुई समूहलाई नगद रु १०÷१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक सूर्योदय तमू सांस्कृतिक युथ क्लबले जनाएको छ । प्रतियोगिता फुलपातीको दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्