
कांग्रेस अधिवेशन : गोरखामा ५० प्रतिनिधिका लागि ११९ जनाको उमेद्धवारी, मतदान हुँदै
नेपाली कांग्रेसको अधिवेशनका क्रममा गोरखामा ५० जना महाधिवेशन प्रतिनिधिका लागि एक सय १९ जनाको उमेद्धवारी परेको छ । दुईवटा क्षेत्रमा आवस्यक भन्दा दोब्बर बढी उमेद्धवारी परेको हो ।
गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ५८ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २२ जनाको उमेद्धवारी परेको मतदान अधिकृत लक्ष्मणबाबु आचार्यले बताए ।
खुल्ला महिलामा ४ जनाका लागि ९ जना, खस आर्य तर्फ दुई जना पुरुषका लागि ७ जना, एक जना महिलाकालागि चार जनाको उमेद्धवारी परेको छ । आदीबासी जनजातीमा तीनजनाका लागि पाँच जना, महिला तीन जनाका लागि पाँच जना, दलित एक जनाको लागि चार जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये एक जनाका लागि दुई जनाको उमेद्धवारी परेको मतदान अधिकृत आचार्यले बताए ।
शनिवार बिहान ८ बजेदेखि नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा मतदान सुरु हुनेछ । अन्तिम नामावली प्रकाशन भएको र शनिवार निर्वाचनको कार्यक्रम हुने आचार्यले बताए ।
गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ६१ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २७ जनाको उमेद्धवारी परेको मतदान अधिकृत श्याम लामिछानले बताए ।
खुल्ला महिलामा ४ जनाका लागि ११ जना, खस आर्य तर्फ दुई जना पुरुषका लागि ५ जना, महिलामा एक जना चाहिने २ जनाको उमेद्धवारी परेको छ । आदीबासी जनजातीमा तीनजना चाहिने ८ जना, महिला दुई जनाका लागि ३. जना, दलित एक जनाको लागि २ जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये एक जनाका लागि एक जनाको मात्रै उमेद्धवारी परेको मतदान अधिकृत लामिछाानेले जानकारी दिए ।
शनिवार बिहान ८ बजेबाट मतदात सुरु हुने उनले बताए ।




