| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस गोरखाको दुबै क्षेत्रको अधिवेशन गोरखा सदरमुकाममा हुने

नेपाली कांग्रेस गोरखाको दुबै क्षेत्रको अधिवेशन गोरखा सदरमुकाममा हुने भएको छ । निर्वाचत समितिले क्षेत्र नम्बर १ को मतदान अधिकृत लक्ष्मणबाबु आचार्य र २ को श्यामप्रसाद लामिछानेलाई तोकेको छ ।


१ को निर्वाचन कांग्रेस जिल्ला पार्टी कार्यालय तीनधारेमा हुनेछ भने २ को निर्माण ब्यवशायी संघको हलमा हुनेछ । १५ गते मनोनय दर्ता र १६ गते निर्वाचन कार्यक्रम हुने सहायक निर्वाच अधिकृत शिबबहादुर थापाले बताए ।


अधिवेशनले २८ सदस्यिय क्षेत्रिय समिति चयन गर्नेछ भने महाधिवेशन प्रतिनिधी पनि चयन गर्नेछ । महाधिवेशन प्रतिनिधीमा खुल्ला तर्पm चार जना महिला सहित १४ जना, जनजाती तर्फ दुई महिला सहित पाँच जना, खस आर्य तर्फ एक महिला सहित तीन जना, दलित महिला एक जना, आरक्षण –अपाङ्ग, मुस्लिम, अल्पसंख्यक) एक जना गरी एउटा निर्वाचन क्षेत्रबाट २४ जना चयन हुनेछन् ।

क्षेत्रिय सभापति स्वतः महाधिवेशन प्रतिनिधी हुने ब्यवस्था छ ।
यसपछि असोज १८ गते जिल्ला अधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्