
कांग्रेसको अधिवेशनका लागि गोरखाका सबै पालिकामा निर्वाचन अधिकृत खटिए, तयारी पुरा
शनिवार हुने अधिवशेनका लागि गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटिएका छन् । स्थानीय तहको निर्वाचन केन्द्र र अधिकृत तोकिईसकेको सहायक निर्वाचन अधिकृत शिबबहादुर थापाले बताए ।
‘११ वटै पालिकाको निर्वाचन अधिकृतलाई सामग्री सहित पठाएका छौँ’, उनले भने, ‘शुक्रवार बेलुकी सम्म सबै पालिकाको मतदान केन्द्रमा पुगेर तयारी सक्नुहुन्छ ।’
गोरखा नगरपालिकाको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय तीनधारेमा मतदान स्थल निर्धारण गरिएको छ । त्यहाँ भुबन अधिकारीलाई मतदान अधिकृत तोकिएको छ ।
पालुङटार नगरपालिकाको निर्वाचन स्थल ठाँटीपोखरी तोकिएको छ भने त्यहाँ मतदान अधिकृत केशरसिँह बस्नेत रहेका छन् ।
शहीदलखन गाउँपालिकाको मतदान केन्द्र वडा नम्बर ६ को पार्टी कार्यालय बतासे तोकिएको छ भने त्यहाँ मतदान अधिकृत गोबिन्द भट्टलाई तोकिएको छ ।
गण्डकी गाउँपालिकाको मतदान केन्द्र भुम्लिचोक र मतदान अधिकृत सिताराम ढकाललाई तोकिएको छ ।
भीमसेनथापा गाउँपालिकाको घ्याम्पेशालमा मतदान केन्द्र तोकिएको छ भने निर्वाचन अधिकृत लक्ष्मीकान्त खनाल रहेका छन् ।
आरुघाट गाउँपालिकाको आरुघाट बजारलाई केन्द्र तोकिएको छ भने राजेश भट्ट मतदान अधिकृत रहेका छन् ।
धार्चे गाउँपालिकाको माछाखोला मतदान केन्द्र हो भने रामचन्द्र गुरुङ मतदान अधिकृत छन् ।
चुमनुब्री गाउँपालिकाको सिर्दिबास केन्द्र तोकिएको छ भने राजन सापकोटा मतदान अधिकृत छन् ।
अजिरकोट गाउँपालिकाको मतदान केन्द्र भच्चेक तोकिएको छ भने मतदान अधिकृत उमाकान्त ढकाललाई तोकिएको छ ।
सिरानचोक गाउँपालिकाको मतदान केन्द्र चित्रेपोखरी तोकिएको छ भने कालिका अधिकारी मतदान अधिकृत छन् ।
बारपाक सुलिकोट गाउँपालिकाको मतदान केन्द्र ताकुकोट र मतदान अधिकृत रामकाजी श्रेष्ठलाई तोकिएको छ ।




