| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा मानव अधिकार जिल्ला समन्वय समिति गठन

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा गोरखामा मानव अधिकारी जिल्ला समन्वय समिति गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी, बिभिन्न कार्यालयका प्रमुख, पालिकाका प्रमुख, नागरिक समाजका संघ संस्थाका प्रमुखहरु सम्मिलित २५ सदस्यिय समिति गठन गरिएको हो ।


‘यसले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा जानकारी लिने काम गर्छ’ मानव अधिकार अधिकृत टंक खनालले भने ‘मानव अधिकार आयोगमा सुझाब पठाउँछ र समस्या समाधानमा आयोगले पहल गर्छ ।’ बिहिवार गोरखा सदरमुकाममा आयोजित पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजनको छलफलका क्रममा समिति गठन गरिएको हो ।

समन्वय प्रमुख गुरुङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सहभागीले मानव अधिकारी हनन् हुन नदिन राज्य जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा नागरिक समाज, बार यसोसियशन, पत्रकाहरु, कार्यालय प्रमखुहरु, जनप्रतनिनिधी लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा मानव अधिकार अधिकृत खिमलाल सुबेदीले मानव अधिकार संम्बन्धि पाँचौँ राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा सहजिकरण जिल्ला समन्वय समितिका तुलसीराज धितालले गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी शंरकहरि आचार्यले मानव अधिकार रक्षाका लागि जिल्ला प्रशासनले आफ्नो दायित्व पुरा गर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला समन्वय समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

जिल्ला स्तरीय मानव अधिकार समन्वय समिति गठन भएको गण्डकी प्रदेश भित्र गोरखा पहिलो जिल्ला भएको मानव अधिकार अधिकृत टंक खनालले बताए । सबै जिल्लामा गठन गर्ने लक्ष्य आयोगको क्षेत्रिय कार्यालय पोखराले लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्