
‘स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय तहलाई अब्बल बनाउँछौँ’ : स्वास्थ्य मन्त्री
स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन स्थानीय तहको स्वास्थ्य ईकाईलाई अब्बल बनाउनुपर्ने गण्डकी प्रदेसका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले बताएकी छिन् । गोरखामा बुधवार आयोजित समिक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटनका क्रममा उनले भनिन् ‘स्वास्थ्य रणनीति के हो ? १० वर्षपछि हामी कुन अवस्थामा पुग्छौँ भन्ने ध्यान दिएर योजना बनाउनुप¥यो ।’
प्रदेश भित्रका हरेक स्थानीय तहले आफ्नो लक्ष्य निर्धारण गरेर जनताको घरघरमा स्वास्थ्य सेवा पु¥याउनमा ध्यान दिनुपर्ने उनले बताईन । ‘पालिकाहरुलाई के आवश्यक पर्छ हामी सर्पोट गर्छौँ’ उनले भनिन् । प्रदेश स्वास्थ्य मन्त्रालयले नीति नियम बनाउँदा पालिकाहरु सँगको सहकार्यमा बनाउने उनले बताईन ।
हरेक पालिकाको भौगोलिक, सामाजिक अवस्थालाई ध्यान दिएर पालिका अनुसार योजना बनाउन मन्त्रालयले सघाउने मन्त्री अधिकारीले बताईन । कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले बालवालिकाहरुका लागि अस्पतालमा बेड निर्माण गर्नुपर्ने, कोभिड खोप छिटोभन्दा छिटो सबै जनतालाई लगाउने गरी सरकारले योजना बनाएको उनले बताईन ।
कोभिडका कारण स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति खोजी भएको बताउँदै उनले कोरोनाका कारण उपलब्ध जनशक्ति र सामग्रीको सही सदुपयोग गरेर उपलब्धी हाँसिल गर्नुपर्ने बताईन ।
बुधवार स्वास्थ्य कार्यालय गोरखामा आयोजित आर्थिक वर्ष २०७७/७८ को बार्षिक समिक्षा तथा योजन तर्जुमा गोष्ठीमा सहभागी हुन मन्त्री अधिकारी गोरखा आएकी हुन् । स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, स्वास्थ्य कार्यालयका सुचना अधिकारी नबराज खड्का लगायतले धारणा राखेका थिए ।
११ वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरु, अधिकासं स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत लगायत उपस्थित उक्त कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालयका बिरबहादुर श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा गत वर्ष पालिकाहरुले गरेका काम र चालु वर्ष स्वास्थ्यका कसरी कार्यक्रम संचालन गर्ने, कसरी कार्यन्वयन गर्ने भन्ने बारेमा छलफल हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।




