
असोज २ देखि एमालेले गोरखाको सबै पालिकामा भेला र प्रशिक्षण गर्ने
असोज २ गते देखि एमालेले सबै पालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
गोरखा नगरपालिका र धार्चे गाउँपालिका २ गते, पालुङटार नगरपालिकामा ३ गते, भिमसेन थापा गाउँपालिकामा ४ गते, गण्डकी गाउँपालिकामा ७ गते, आरुघाट गाउँपालिकामा ५ गते, अजिरकोट गाउँपालिकामा ९ र सिरानचोक गाउँपालिकामा १० गते भेला र बैठक गर्ने निर्णय भएको जिल्ला सचिव कृष्ण नेपालीले बताए ।
चुमनुब्री र बारपाक सुलिकोट गाउँपालिकाको भने मिति तय हुन बाँकी छ । उक्त भेलाले पालिकास्तरको कमिटिलाई पूर्णता दिनुका साथै वडाको भेला प्रशिक्षण तय गर्नेछ ।
कात्तिकको ६ र ९ गते वडा र गाउँ अधिवेशन रहेकाले पूर्ण तयारीका लागि पनि पालिका स्तरको बैठकले योजना बनाउने सचिव नेपालीले बताए ।
भेला एवं बैेठकमा एमाले केन्द्रिय सदस्य रामशरण बस्नेत लगायत प्रदेश र जिल्ला तहका नेताहरु सहभागी हुनेछन् ।




