| आइतवार, कार्तिक २९, २०८३

हेलीप्याड

मनासलु संरक्षण क्षेत्रले बनायो सामामा हेलीप्याड !

दरौँदी ः जिल्लाको सबैभन्दा उत्तरको गाउँ सामामा हेलीप्याड निर्माण भएको छ । मनासलु संरक्षण क्षेत्र आयोजनाको आर्थिक वर्ष २०७४÷०७५ मा स्वीकृत वार्षिक वजेट भित्र रहेको समुदायिक विकास कार्यक्रम अतरन्गर्त सामागाउँमा हेलीप्याड निमार्ण भएको हो ।
८ मिटर रेडियसमा बनाईएको उक्त हेलीप्याडकोे भित्रीभाग भने ४ मिटर रेडियसको ढलान गरिएको छ ।

त्यस्तै हेलीप्याडको बाहिरि भागमा २.५ फिट गाह्रो लगाइएको छ । हेलीप्याड बनाउन दुई लाख ३४ हजार आठसय ६० रुपैँया आयोजनाले खर्च गरेको र स्थानीयले २४ हजार ३ सय रुपैँया बराबरको श्रमदान गरेको आयोजनाका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले जानकारी दिए । यस हेलिप्याडमा ठुला तथा सानादुवै हेलिकप्टर अवतरण गर्न सकिने उनले जानकारी दिए ।

सडक सञ्जालसँग नजोडिएको उक्त गाउँमा सामान ओसार पोसार गर्ने र मानिसहरु आवातजावत गर्ने गर्ने मुख्य माध्यम नै हेलीकोप्टर हो । साथै विदेशीपर्यटक, मनास्लु पर्वातराही र स्वदेशी पर्यटकहरुलाई पनि हेलीकोप्टर मार्फत आएर ओर्लन सहज हुने आयोजनाले विश्वास लिएको छ । वर्षेनी सरदर ६० देखि ७० वटा साना ठुला हेलिकप्टर सो ठाउँमा हँुदै आएको मनासलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्