| मङ्लबार, कार्तिक २४, २०८३

राप्रपाको गोरखा क्षेत्र नं. २ का अध्यक्षमा पाण्डे, प्रदेश र पालिका स्तरको नेतृत्व पनि चयन


राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्रहरु र पालिकास्तरको समितिको अधिवेशन सम्पन्न भएको छ ।


अधिवेशनले उमानिधि पाण्डेको अध्यक्षतामा राप्रपा क्षेत्र नम्बर दुईको कार्यसमिति सर्वसम्मत चयन गरेको पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रदेसभाको निर्वाचन क्षेत्र क मा सुशील पन्तको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ भने प्रदेशसभा २ को निर्वाचन क्षेत्र ख मा कुलबहादुर बस्नेतको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

नगर अधिवेशनले पालुङ्टार नगरपालिकामा राजन देवकोटाको अध्यक्षतामा, सिरानचोक गाउँपालिकामा शेरबहादुर लामाको अध्यक्षतामा, अजीरकोट गाउँपालिकामा फणिन्द्र अधिकारीको अध्यक्षतामा र बारपाक सुलीकोट गाउँपालिकामा ठाकुर ढकालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको नेता श्रेष्ठले जानकारी दिए ।


क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र क स्तरीय समितिको भदौ २५ गते, क्षेत्र नं. १ को र प्रदेशसभा ख स्तरीय समितिको अधिवेशन २६ गते, गोरखा नगरपालिकाको भदौ २७ गते र जिल्ला अधिवेशन भदौ २८ गते गर्न लागिएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्