| मङ्लबार, कार्तिक २४, २०८३

एमालेद्वारा समाजवादीमा लागेका १० जना जिल्ला सदस्यलाई निश्कासन

नेकपा एमाले गोरखाको जिल्ला कमिटिको बिस्तारित बैठकले पार्टी बिभाजनपछि नेकपा(एकीकृत समाजबादी)मा लागेका १० जना तत्कालीन जिल्ला सदस्यलाई कारवाही गरेको छ ।

मंगलवार पार्टी कार्यालय चाईनिजधारामा बसेको बैठकले विश्वेश्वर कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, नारायणध्वज खड्का, कल्पना कुँवर, सिताराम बुढाथोकी, अमृत काराखेती, द्रोणाचार्य तिमल्सिना, प्रदिपसिंह क्षेत्री, इश्वरी भट्टलाई कारवाही गर्ने निर्णय गरको एमालेका जिल्ला सचिव कृष्ण नेपालीले बताए ।


एकीकृत समाजवादी पार्टी गठन गरेर त्यसतर्फ लागेकाले एमाले पार्टी सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरिएको उनले बताए । साथै बैठकले एमालेबाट स्थानीय तहको निर्वाचमा जनप्रतिनिधि भएका तर अहिले समाजबादी तर्फ लागेका शिरबल बरामु र कल्पना नेपालीलाई पनि निश्कासन गरेको छ ।


गोरखाका सबै स्थानीय तहको बैठक असोज २ देखि १० भित्र सम्पन्न गर्ने, २८ गते सदरमुकाममा जिल्ला स्तरको अगुवा कार्यकर्ता भेला एवं अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय भएको एमालेका जिल्ला सचिव कृष्ण नेपालीले जानकारी दिए ।


सदस्यता नबिकरण बितरण र अद्यावधिकलाई तिब्रता दिँदै असोज मसान्तभित्र सम्पन्न गर्ने र संगठन सुदृढिकरणका लागि जनपरिचालन गर्ने लगायतका १० बुँदे निर्णय बैठकले गरेको छ । उक्त निर्णयहरु कार्यान्वयनका लागि हरि काफ्ले, सुरेन्द्र थापा, गोपाल पाण्डे सम्मिलित कमिटि गठन गरिएको एमालेले जनाएको छ ।


एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटि सदस्य किरण गुरुङ, केन्द्रीय सदस्य पद्मा अर्याल, रामशरण बस्नेत, प्रदेश सदस्यहरु सुरेन्द्र थापा, बाबुराम थापा, सम्झना देबकोटा, कृष्ण देबकोटा, हरि काफ्ले लगायत पार्टीको नेता, गोपाल पाण्डे, कमल दानीको उपस्थिति रहेको थियो ।


एमाले समाजबादीले थाहै नदिई एमाले कार्यकर्तालाई समाजवादीको कमिटिमा राखेको भन्दै भोला श्रेष्ठ, साने गुरुङ भिमबहादुर बोगटी, लेबेन्द्र गुरुङ, उदय सिखडा, गिरिधारी सापकोटा, रबिन्द्र नेपाली, उत्तम पन्त गणेश गिरी, लगायतका नेताहरु मंगलवारको बैठकमा सहभागी भएको सचिव नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्