| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा जनप्रतिनिधी र युवाहरु बिच अन्तरक्रिया

गोरखा नगरपालिका भित्रका युवाहरु र जिल्लाका बिभिन्न ठाउँका जनप्रतिनिधी बिच अन्तक्रिया कार्यक्रम भएको छ ।

सोच नेपालको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा स्थानीय तहमा युवाको सबाल र नीति निर्माणका बारे युवा सँग जनप्रतिनिधी अन्तरक्रिया कार्यक्रम सोमवार गोरखा सदरमुकाममा भएको हो ।


सहभागी युवाहरुले योजना छनौटमा युवाको भुमिका सुनिश्चत गर्नुपर्ने, लक्षित बर्गको बजेट खर्च र कार्यन्वयनमा परदर्शिता हुनुपर्ने, स्वरोजगारका कार्यक्रममा समेट्नुपर्ने लगायत सुझाब जनप्रतिनिधी समक्ष राखेका थिए ।


गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले युवाहरुलाई सक्रिय बनाउन चाहेको तर युवाहरुले अनिच्छा ब्यक्त गर्ने गरेको बताए । ‘युवाहरु पनि जागरुक र सक्रिया हुनुप¥यो’ उनले भने । गोरखा नगरपालिकाले युवा स्वरोजगारका कार्यक्रम अघि बढाउँदै आएको र गोरखा नगर युवा स्वयम सेबक सञ्जाल गठन गरेर कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

कार्यक्रममा पालुङटार नगरपालिकाका उपप्रमुख पम्फा बसेलले युवा सञ्जाल गठन गर्ने र परिचालन गर्ने कार्यक्रममा युवाहरुको सहभागीता कम हुँदा समस्या भएको बताईन ।

कार्यक्रममा शहीदलखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले युवाहरु लगनशिल भएर स्वदेशमै रोजगारीको खोजी गर्नुपर्ने, हतारिएर बिदेश जान नहुने धारणा राखे । ज्ञान सिप बिना सफल हुन नसक्ने भन्दै उनले युवाहरुलाई आफ्नो क्षमता र ब्यक्तित्व बिकासमा पनि ध्यान दिन उनले सुझाब दिए ।


कार्यक्रममा गैरसरकारी संस्था महासंघ गोरखाका सचिव हरि देबकोटाले युवा नीति, स्थानीय तहले खेल्नुपर्ने भुमिका, योजना, कार्यक्रम लगायतका बारेमा सहजिकरण गरेका थिए । युवाहरुको अहिलेको भुमिका, समान सहभागीतामा समस्या, चुनौती लगाएतका बारेमा सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलिमियाँले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्