| मङ्लबार, कार्तिक २४, २०८३

जिल्ला अनुगमन समितिद्वारा छेपेटारको पाउरोटी उद्योगमा ‘शिल’

जिल्ला अनुगमन समितिले गोरखा नगरपालिका १० छेपेटारको पाउरोटी उद्योगमा ‘शिल’ गरेको छ ।

संयुक्त जिल्ला अनुगमन समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको नेतृत्वमा समितिले बिना दर्ता उद्योग संचालन गरेको, लेभल नलगाएको उत्पादन बजारमा ल्याएको भन्दै उद्योग बन्द गराएको हो ।


गुड्डु कुमार नामका ब्यक्तिले संचालन गरेको शुरेस पाउरोटी उद्योग बन्द भएको हो ।

प्रक्रिया पुरा गरेपछि मात्रै उद्योग खोल्न अनुमति दिईने घरेलु कार्यालय गोरखाका प्रमुख एवं संयुक्त जिल्ला अनुगमन समितिका सदस्य सचिव दिनेश पौडेलले बताए ।


फेन्सी, मसला, किराना, पाउरोटी, मेडिकल लगाएतका १७ वटा पसल अनुगमन गरिएको उनले बताए । ‘अधिकासं पसल दर्ता भएको, पहिले भन्दा सुधार भएको पाईयो’ उनले भने ‘केही म्याद नाघेका सामग्री नियन्त्रणमा लिएका छौँ, नष्ट गर्छौँ ।’

बजार अनुगमनलाई निरन्तरा दिने जिल्ला अनुगमन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्