
गोरखामा कांग्रेसको धेरै क्रियाशिल सदस्य रहेको गोनपा ६ मा सर्वसम्मत समिति चयन
नेपाली कांग्रेसको सक्रिय सदस्य सबैभन्दा धेरै तीन सय ५४ रहेको गोरखा नगरपालिका वडा नम्बर ६ मा सर्वसम्मत वडा समिति चयन भएको छ ।
अजितकुमार श्रेष्ठको सभापतित्वमा वडा समिति चयन भएको कांग्रेस नेता विश्वदेब श्रेष्ठले बताए ।
वडा सभापति सहित ३८ जन क्षेत्रिय प्रतिनिधी चयन भएका छन् । अन्य वडामा पनि धमाधम अधिवेशन चलिरहेको कांग्रेस गोरखाले जनाएको छ ।
जिल्ला नेता नन्दप्रसाद न्यौपानेका अनुसार सबै वडामा सर्वसम्मत गराउन प्रयास भईरहेको छ ।




