| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा ६१५५ जनाले कोरोना जिते, सक्रिय संक्रमित १६८ जना

गोरखामा कोरोनाको सक्रिय संक्रमित एक सय ६८ जना रहेका छन् ।

गोरखा नगरपालिकामा ४४ जना, आरुघाट गाउँपालिकामा ४७ जना, भिमसेन थापा गाउँपालिकामा ३० जना सक्रिय संक्रमित छन् । शहीदलखन र चुमनुब्री गाउँपालिकामा सक्रिय संक्रमित छैनन् ।

पालुङटार नगरपालिका भित्र १७ जना छन् भने अन्य पालिकामा सक्रिय संक्रमितको संख्या १० भन्दा कम छ ।
स्वास्थ्य कार्यालयका अनुसार एक सय १५ जनाको पिसिआर रिपोर्ट प्राप्त हुन बाँकी छ ।

छ हजार एक सय ५५ जनाले कोरोना जितिसकेका छन् । अहिले सम्म २९ जनाको जिल्ला भित्रै मृत्यू भएको छ भने जिल्ला बाहिर मृत्यू हुनेको संख्या २८ छ ।

प्रतिक्रिया दिनुहोस्