| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा ५२ वटा सवारी कारवाहीमा, मास्क नलगाउने ३० जनालाई जरिवाना

गोरखा प्रहरीले बुधवार र बिहीवार निषेधाज्ञा उलंघन गर्ने ५२ वटा सवारीलाई कारवाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको डिएसपी प्रकाश दाहालले बताए ।


यस्तै मास्क नलगाउनेहरुलाई पनि जरिवाना गरिएको छ । बुधवार १६ जना र बिहीवार १४ जनालाई जनही एक सय रुपैयाँ जरिवाना गरिएको उनले बताए ।

बुधवार कारवाहीमा परेका सवारी साधनबाट ३५ हजार पाँच सय जरिवाना असुल गरिएको थियो भने बिहीवार ३२ हजार पाँच सय जरिवाना गरिएको प्रहरीले जनाएको छ ।


गोरखामा कोरोना संक्रमणदर बढेपछि १० दिनका लागि जारी गरिएको निषेधाज्ञामा प्रहरीले कडाई गरेको छ । निषेधाज्ञाको पालना गर्न पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्