| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ६ जिप र ३ वटा मोटरसाईकल कारवाहीमा

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ६ वटा बोलेरो जिप र तीनवटा मोटरसाईकल कारवाहीमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन गरेर चलेका ती सवारी साधन कारवाहीमा परेको ट्राफिक कार्यालयले जनाएको छ ।


छ वटा बोलेरोलाई पाँच\पाँच हजार रुपैयाँ र तीनवटा मोटरसाईकललाई एक\एक हजार जरिवाना गरिएको र सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ । कोरोना संक्रमण बढेपछि मंगलवारदेखि १० दिन गोरखामा निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्