| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा विद्युत अनियमित हुने क्रम रोकिएन

गोरखामा विद्युत अनियमित हुने क्रम रोकिएको छैन ।

केहीदिन यता दिनहुँ पटक–पटक विद्युत आउने जाने गरेको छ । जसका कारण अनलाईन कक्षा पढ्ने विद्यार्थी, विद्युतिय सामग्री बिक्री तथा मर्मत गर्नेहरु, कार्यालयको कामकाज गर्नेहरु, इन्टरनेट सेवा प्रदायक र ग्राहकलाई समस्या भएको छ ।


केही दिन यता बजार क्षेत्रमा विद्युतको माग धेरै भएकाले लोड धान्न समस्या भएको नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाका प्रमुख नेत्रमणी न्यौपानेले बताए । लोड धेरै भएपछि ५० केबिए क्षमताको ट्रान्सफर्मर राख्ने तयारी भएको उनले बताए । ‘दुई दिन भित्र कार्यालय परिसरमै ट्रान्सफर्मर राखिसक्छौँ’ उनले भने ‘त्यसपछि विद्युत केही सहज हुनेछ ।’


विद्युत अनियमित भएपछि सर्वसाधारण आजित भएका छन् भने विद्युतिय उपकरणमा समेत क्षती पुग्ने गरेको गुनासो उनीहरुको छ । बितरण केन्द्रले बिभिन्न बाहनामा सास्ती दिएको गोरखा सदरमुकामका स्थानीय बताउँछन् । गोरखामा विद्युत अनियमित हुँदा पिउने पानीको समस्या, रेडियो प्रशारण गर्न समस्या र पत्रपत्रिका प्रकाशन समेत प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्