| मङ्लबार, कार्तिक २४, २०८३

गोनपा ५ बाट तास खेल्दै गरेका पाँच जना पक्राउ

गोरखा नगरपालिका ५ मैदानबाट (जुवा) तास खेल्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । घनश्याम थापा मगरको घरमा तास खेल्दै गरेका उनीहरुलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।


पक्राउ पर्नेमा राजु राना, रेफबहादुर थापा मगर, नबिन थापा, बहादुर गुरुङ रहेका छन् । १२ हजार तीन सय ९० रुपैयाँ नगद सहित उनीहरुलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए । पक्राउ परेकाहरुलाई जुवा संम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्